किन भयाे चिनियाँ राजदूत भर्सेज नेपालकाे सोसल मिडिया?


 


नेपालमा यतिबेला सामाजिक सञ्जाल एक्समा एउटा बहस चलिरहेको छ । सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले माफी माग्नुपर्ने भन्दै परराष्ट्र मन्त्रालयले उनीसँग स्पष्टीकरण लिन माग गरिएको छ । यही विषयमा काठमाडौं केन्द्र रहेका अनलाइनहरुमा समाचार प्रकाशित समेत भएका छन् । केहीले त उनलाई कूटनीतिक मर्यादा नाघेकाले फिर्ता पठाउनुपर्नेसम्म भनेका छन् ।

यो विषय सुरुमा नेपालका एकजना स्थापित पत्रकारले राखेको सामाजिक सञ्जाल पोस्टमा राजदूत सोङले गरेका तीन जवाफमा केन्द्रित छ ।

आखिर राजदूत सोङले के भने त, अनि पत्रकारले के लेखका थिए, यो धर्को पढौं ।

गजेन्द्र बुढाथोकी, नेपालको अर्थतन्त्रका विषयमा विश्वसनीय र पोख्त कलम हो । यो बाइलाइनका समाचार विश्वास गरेर पढिन्छ् । तथ्य, तथ्यांक र त्यसको पुष्टाइँ भएका समाचार पत्रकार गजेन्द्रको बाइलाइनमा देशका स्थापित पत्रिकामा छापिएका छन् । उनी नेपालका स्थापित वरिष्ठ पत्रकार हुन् ।

उनले लेखे, ‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए, ५ प्रतिशत पो रहेछ । सोमबार पत्रकार गजेन्द्रको एक्समा पोस्ट थियो । उनको यो पोस्टको रिप्लाईमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले लेखे, ‘मैले देखेको सबैभन्दा खराब झूट । यो सार्वजनिक जानकारी हो, तर तपाइँ यसको बारेमा झूट बोल्ने हिम्मत गर्नुहुन्छ ।’

यसपछि पत्रकार गजेन्द्रले ‘पर्खनुहोस् म प्रमाणसहित प्रकाशित गर्छु’ भनेर जवाफ फर्काए ।

राजदूत सोङको अभिव्यक्ति यत्तिमै रोकिएन । उनले सामाजिक सञ्जालमा फेरि भने, ‘यदि तपाईंसँग कागजपत्र छ भने प्रकाशित गर्नुहोस । यदि छैन् र खोज्न समय लाग्छ भने यो तपाईंको कस्तो नियत हो ? पहिला झूटो खबर फैलाउनुहोस, त्यसपछि केही समय रोकिनुहोस, त्यसको ताप कम होस । अनि फेरि फैलाउनुहोस ।’

उनले पत्रकार बुढाथोकी र अन्य जोकोही भए पनि माफी माग्नुपर्ने माग गरे ।

तर, राजदूत सोङले भुलेछन् क्यारे, यो नेपाल हो, चीन होइन । यहाँ वाक् स्वतन्त्रता छ । त्यसमा पनि सरकारको आधिकारिक डकुमेन्टमा उल्लेख रहेको विषय एक जना स्थापित पत्रकारले लेख्न नपाउने ?

पत्रकार गजेन्द्रले यो प्रमाण पेश गरे ।

यसपछि कूटनीतिक मामिलामा स्थापित मधुरमण आचार्यले लेखे, विदेशी राजदूतले सामाजिक सञ्जालमा पोष्ट गरेकोमा आयोजक देशको पत्रकारसँग माफी माग्नु अनौठो कुरा हो । उसले खण्डन गर्न वा सरकारलाई स्पष्ट गर्न सोध्न सक्छ । परराष्ट्र मन्त्रालयले राजदूतलाई ‘सार्वजनिक कूटनीति’ को सीमा र प्रत्यक्ष संलग्नताको जोखिम सम्झाउनु पर्छ ।

साेमबारदेखि सुरु भएकाे याे विवाद निरन्तर छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्