काठमाडौंबाट ७२ लाख रुपैयाँसहित दुईजना पक्राउ


 


काठमाडौं, जेठ २० । काठमाडौं महानगरपालिका–७ स्थित एक गेस्टहाउसबाट ७२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौं–७ को लुम्बिनी खाजा घर एण्ड गेष्ट हाउसबाट प्रहरीले भोजपुरको पौवा डुग्मा घर भई न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही ठाउँका २९ वर्षीय खेमराज विश्वकर्मालाई पक्राउ गरेको हो ।

हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: २० जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्