एमाले मकवानपुरको अध्यक्षमा पोखरेल


 


मकवानपुर, जेठ २१ । नेकपा (एमाले) मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित हुनभएको छ । अध्यक्ष पदमा पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालबीच प्रतिस्पर्धा भएको थियो ।

यस्तै उपाध्यक्षमा हिदम लामा, सचिवमा सीता विष्ट, उपसचिव (पुरुष) तर्फ फुर्वा लामा र उपसचिव (महिला) तर्फ आरती पाठक विजयी हुनुभएको छ । निर्वाचनमा सात सय ७७ प्रतिनिधिमध्ये सात सय ६५ जना सहभागी भएका थिए । 

प्रकाशित मिति: २१ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्