नेप्सको प्राप्तीपश्चात एनसीएचएलको एकीकृत कारोबार सुरु


 


काठमाडौं, जेठ २२ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सोमबार एक औपचारिक कार्यक्रम आयोजना गरी नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स)लाई प्राप्ति गरी एकिकृत कारोबार शुरुवातको घोषणा गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्यता भएको एकीकृत कारोबार घोषणा कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च पदस्तहरु, सरकारी निकायका पदस्तहरु, बैंक वित्तीय संस्थाहरु, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरुलगायतका प्रतिनिधिहरु तथा कर्मचारीहरुको उपस्थिति थियो ।

नेपालमा यसरी दुई भुक्तानी प्रणाली सञ्चालकहरुबीच गाभ्ने÷गाभिने वा प्राप्ति भएको यो नै पहिलो हो ।

वैशाख १३ गते दुबै संस्थाहरुले आ–आफ्नो विशेष साधारण सभाबाट स्वीकृती प्राप्त गरी आवश्यक सम्पूर्ण कानुनी र प्रकृयागत कार्य सम्पन्न गरी नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत आवश्यक अन्तिम स्वीकृति पश्चात उक्त प्राप्ती सम्बन्धीको कार्य सफलतापूर्वक सम्पन्न गरिएको हो ।

भुक्तानी तथा फछ्र्यौट विनियममा रहेको प्रावधानअनुसार डिडिए अडिटरले मूल्यांकनलगायत विभिन्न पक्षको समिक्षा सहितको प्रकृया पूरा गरी १ः०.२८ स्वाप अनुपातमा एनसीएचएलले नेप्सलाई प्राप्ती गरेको हो । दुवै संस्थाहरु बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित भएकाले प्राप्तीपश्चात पनि कम्पनीको सञ्चालक समितिमा कुनै फेर बदल भएको छैन ।

दुबै संस्थाले नेपालमा डिजिटल भुक्तानीको विकास तथा विस्तार गर्ने उद्देश्य सहितआ–आफ्नो क्षेत्रमा कार्य गर्दै आएका हुन् । नेप्सले विगत ११ वर्षदेखि कार्डमा आधारित सेवा प्रदान गर्दै आएको छ भने एनसीएचएलले विगत १५ वर्ष देखि कार्ड बाहेकका विभिन्न राष्ट्रिय स्तरका विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म सञ्चालन गर्दै आएको छ ।

प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन तथा अन्तर आबद्धतालाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।

प्राप्तीपश्चात नेप्सले कार्डको पूर्वाधार अन्तर्गत दिने गरेको कार्ड इसुइङ्ग, एक्वीरिङ्ग, पर्सनलाइजेसन तथा यस सम्बन्धी सम्पूर्ण सेवाहरुलाई इएफटी कार्ड सर्भिसको रुपमा निरन्तरता दिनेछ भने सो पूर्वाधारलाई थप सुदृढ गरी नेपाल–पे कार्डको डोमेस्टिक स्किमको सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाइने छ ।

प्राप्ति पछि एकीकृत चुक्ता पुँजीने.रु. १ अर्ब ७ करोड तथा कुल कोष ने. रु. १ अर्ब ४४ करोड कायम भएको छ । यसले पूर्वाधार विस्तार गर्न, जोखिमहरु न्यूनिकरण गर्न तथा सुरक्षा नियन्त्रणका प्रणालीहरुलाई सुदृढ गर्न, नविनतम अनुसन्धानका कार्यहरुमा लगानी गर्न तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

साथै, गत चैत्र मसान्तसम्म दुवै कम्पनीको संयुक्त कारोबार रकम १ अर्ब १३ खर्बभन्दा बढी रहेको छ भने संयुक्त कारोबार संख्या १३ करोडभन्दा बढी रहेको छ ।

१३२ भन्दा बढि कर्मचारीहरुको अनुभव तथा दक्षताले एनसीएचएललाई नेपाल तथा अन्तर्राष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउन मद्दत पुग्नेछ ।

एनसीएचएलले एसिएचएल–इसिसी, एनसिएचएल–आईपिएस, आरपिएस, कनेक्ट आइपिएस, कर्पोरेटरी, कनेक्ट आरटीजिएस, नेशनल पेमेन्टस इन्टरफेस (एनपिआई)÷नेपाल–पे क्युआर जस्ता राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ ।

हाल एनसीएचएलले एनपीएस अन्तर्गतको नेशनल कार्ड स्विच र नेपाल–प डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ ।

नेप्स प्राप्तिपश्चात एनसीएचएल को इएफटी कार्ड सर्भिस अन्तर्गत ११ बैंक तथा वित्तीय संस्थाहरुको १६ सय भन्दा धेरै एटीएम, ९ हजार बढी पोओएस मार्फत सेवा र इकमर्स कारोबारको सेवाहरु उपलब्ध भएका छन् । जसमा कन्ट्याकलेस ट्रान्जेक्शन, कार्डलेस विथड्रल, कार्ड पर्सोनलाइजेशन, थ्रीडिएस सेक्युर एसिएस लगायतका सेवाहरु उपलब्ध छन् ।

प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्