मधेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी


 



जनकपुर, २२ जेठ । नेकपा एकीकृत समाजवादीले मधेश प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिदै सरकारबाट बाहिरिएको छ ।

एकीकृत समाजवादीका तर्फबाट सरकारमा गएका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले राजीनामा दिएका हुन् ।

दुवैजनाले मंगलबार साँझ मुख्यमन्त्री सरोजकुमार यादवको सचिवालयमा राजीनामा पत्र बुझाएका छन् ।
सरकारबाट बाहिरिएलगत्तै एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

समाजवादीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्