संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने


 



काठमाडौँ, २३ जेठ । सभामुख देवराज घिमिरेको उपस्थितिमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बसेर समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने निर्णय गरेको छ ।

बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा सभामुख आज बसेको बैठकले समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउन सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

“सभामुख स्वयं उपस्थित भएर बैठक शुभारम्भ गराउनुभयो, त्यसपछि हामीले बैठकमा छलफल ग¥यौँ”, रासससँग कुरा गर्दै सभापति थापाले भन्नुभयो, “निर्धारित समय ९तीन महिना० भित्रै काम सक्नुपर्छ भनेर छलफल गरेका छौँ ।”

समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनेपछि शुक्रबार पुनः बैठक बसेर छलफल गर्ने तय भएको छ ।

यही जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न समिति गठन भएको थियो । नेकपा ९एमाले० सांसद सूर्यबहादुर थापाको सभापतित्वमा सात सदस्यीय छानबिन समिति गठन भएको होे ।

समितिको सदस्यमा नेकपा एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, नेकपा ९माओवादी केन्द्र०बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्र्रुवबहादुर प्रधान रहनुभएको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्