१४ किलो सुन तस्करी प्रकरण : ८ जनालाई थुनामा पठाउने आदेश


 


काठमाडौँ, जेठ २४ । १४ किलो सुन तस्करी प्रकरणमा उच्च अदालत पाटनले सबै प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

बिहीबार उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो ।

उच्चले जिल्ला अदालत काठमाडौँले यसअघि थुनामा पठाउने भनी गरेको आदेशलाई नै सदर गरेको हो । जिल्लाले थुनामा पठाउने आदेश गरेपछि उनीहरू उच्च अदालत गएका थिए । उच्चले पनि थुनामा पठाएपछि अब उनीहरू सर्वोच्चसम्म जान पाउने छन् ।

उच्चले सुन तस्करीको अभियोगमा थुनामा रहेका लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ,शेरबहादुर बस्नेत, कृष्णकुमार श्रेष्ठ, मीनबहादुर घले र जीवन गुरुङलाई थुनामा पठाएको हो ।

यसअघि २०८० पुस २३ गते जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्