काग्रेंसको कोटामा नियुक्त भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता


 


काठमाडौं, २४ जेठ । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदुन फिर्ता बोलाउने निर्णय गरेको छ ।
आज बसेको बैठकले मन्त्रिपरिषद्को बैठकले कांग्रेस कोटाबाट नियुक्त भएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।

बैठकले अमेरिका, भारतसहित बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

अमेरिकामा श्रीधर खत्री, भारतमा डा. शंकर शर्मा, बेलायतमा ज्ञानचन्द्र आचार्य, साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् । २४ चैत २०७८ मा देउवा नेतृत्वको सरकारले उनीहरुसहित ११ राजदूत सिफारिस गरेको थियो ।

त्यसबेला सिफारिस भएर नियुक्ति पाएका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रसियाका लागि मिलन तुलाधरलाई भने फिर्ता बोलाइएको छैन ।

फिर्ता भएकामा मलेसियाका पौडेल नेकपा एस र साउदीका सुवेदी बाबुराम भट्टराईको कोटाबाट नियुक्त भएका थिए ।

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्