सिजि ग्रुपले ल्यायो फ्यानका नयाँ मोडल


 


काठमाडौं, २४ जेठ । चौधरी ग्रुप अन्तर्गत सिजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दै पहिलो पटक बिएलडिसि सिलिङ्ग फ्यानलगायतका फ्यानहरू बजारमा ल्याएको छ ।
‘स्टे कुल, सेभ इनर्जी सुइच टू बिएलडिसि फ्यान टुडे’भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ्ग फ्यान प्रयोग गर्दा परम्परागत फ्यानभन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत बचत गर्ने र कम आवाजमा सञ्चालन हुने कम्पनीको दावी छ ।

उक्त सिलिङ्ग फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बिएलडिसि टेक्नेलोजीका रोबस्ट र रिलायबल बिएलडिसि मोटर भएको हुनाले बजारमा पाइने अरु फ्यानको तुलनामा धेरै टिकाउ हुने कम्पनीले जनाएको छ । यो फ्यान ११० देखि २८० बिचको कुनै पनि भोल्टमा पनि तिव्र गतिमै घुम्ने उच्च प्रवृद्धिको फ्यान रहेको छ । रिमोटको सुबिधा युक्त यो सिलिङ्ग फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ वर्षको वारेन्टी दिएको छ ।

त्यस्तै सिजीले विभिन्न डिजाईन र मोडलमा अरु पनि थुपै्र नयाँ मोडलका सिलिङ, स्ट्याड, टेबल, वाल र एग्जस्ट फ्यानहरू ल्याएको छ । सिलिङ फ्यानमा डेकोरेटिभ सिरिज छन्, जुन आकर्षक डिजाइन र रङ्गहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्