जब जुलुसको नेतृत्व नै पृथ्वीनारायण शाहले गरे…



काठमाडौं, पुस २८
पृथ्वीजयन्ती मनाउन गोरखा सदरमुकाममा स्थानीय भेला भइरहेका थिए। दौरा–सुरुवाल र श्रीपेच लगाएका ‘पृथ्वीनारायण शाह’ त्यहीँ आइपुगे। उनको हातमा तरबार र ढाल थियो।

कम्मरमा पटुकी बाँधेर खुकुरी भिरेका। र्‍यालीका सहभागी उनैलाई हेर्न थाले। गोरखा नगरपालिका–१ पँदेलीका ओमबहादुर श्रेष्ठ पृथ्वीजयन्ती मनाउन पृथ्वीनारायण शाहकै भेषमा आएका थिए। उनी र्‍यालीका आकर्षक बने।

बाजागाजा अगाडि लगाएर, दायाँ हात उठाएर हिँड्दा उनी पृथ्वीनारायण शाहजस्तै देखिएका थिए। नक्कली पृथ्वीनारायण बनेका श्रेष्ठसँग तस्बिर खिचाउनेको भीड लाग्यो। र्‍यालीमा उनीसँग तस्बिर खिच्न समय माग्नेलाई उनी ठट्यौली पारामा उत्तर दिन्थे, ‘पृथ्वीनारायण शाह मेरो बाजे हुन्।’

पृथ्वीनारायणको जस्तै पोसाक बनाउन पाँच हजार लागेको श्रेष्ठले बताए। ‘काठको तरबार बनाएको छु, नाङ्लोलाई रङरोगन गरेर ढाल बनाएको छु,’ उनले भने, ‘सीप जानेको मान्छे, बाबियो र बिजुलीको बल्बले श्रीपेचको भवर बनाएको हुँ, श्रीपेचलाई रङ लगाएपछि उस्तै देखिएको छ।’

उनी पहिलोपटक यही वर्ष भएको नवौँ गोरखा महोत्सवमा पृथ्वीनारायणको भेषमा देखिएका थिए। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News