धनकुटालाई हराउँदै झापा फाइनलमा


 


धनकुटा, असार ३

राष्ट्रिय लिग लिडर झापा–११ धनकुटामा जारी ११ औं टुर्वोग शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न पहिलो सेमीफाइनलमा आयोजक धनकुटा रातोलाई ०-१ गोलले पराजित गर्दै झापा उपाधि नजिक  पुगेको हो।

दायाँ कर्नरवाट विशाल राई ‘ए’ ले दिएको क्रसपासलाई सदुप्रयोग गर्दै कर्णले सुन्दर गोल गरेका थिए। खेलको सुरुवातदेखि नै झापा ११ ले आयोजक धनकुटा रातोलाई दवावमा राखेको थियो।

पहिलो र दोस्रो हाफको अधिकांश समयमा झापाका विशाल राई ‘ए’, कर्ण लिम्बु र वुद्ध चेम्जोंङले गरेको प्रहार धनकुटाका गोल किपर किरण चेम्जोंङले बचाएका थिए। राष्ट्रिय लिग खेलिरहेको मनाङका सुजल श्रेष्ठ, विशाल राई ‘वी’, शिव श्रेष्ठ, दिपक राई, अफ्रिकन खेलाडी सिको र अवाह र राष्ट्रिय टिमका पहिलो रोजाइका गोल किपर एवम् थ्रिस्टारका खेलाडी किरण चेम्जोङ र विजय धिमाल सम्मिलित आयोजक टोलीका खेलाडीले प्रहार गरेको दर्जनौं प्रहार झापाका गोलकिपर दिनेश थापाले विफल तुल्याएका थिए।
दर्शकको भरपुर साथ पाएपनि आयोजक टोलीले अपेक्षा अनुरुप खेल पस्कन सकेन।

खेलको म्यान अफ द म्याच गोलकर्ता कर्ण लिम्बु भए। उनलाई नगद २ हजार नगद र फुटवल जर्सी प्रदान गरिएको थियो। भोलिको अन्तिम सेमीफाइनल खेल साविक विजेता फ्यान्स क्लव भुटान र राजधानीको ब्वाइज युनियन क्लवबीच हुँदैछ ।

प्रकाशित मिति: ३ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्