विराटनगरलाई बालमैत्री महानगर घोषणा गर्ने तयारी भइरहेको छः प्रमुख कोइराला


 



विराटनगर, २५ जेठ । विराटनगर महानगरपालिकाको आयोजनामा १०औँ बाल भेला आजदेखि सुरु भएको छ ।

भेलामा विराटनगर महानगरपालिकाका १९ वटै वडाका प्रतिनिधिमूलक बालबालिकाहरुको सहभागिता रहेको छ ।

सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बालबालिकाको हकहित र संरक्षणमा महानगरपालिका सधैँ तयार रहेको प्रस्ट पार्नुभयो । बाल क्बलले गर्ने राम्रो कार्यका लागि बजेटको अभाव हुन नदिने प्रमुख कोइरालाले प्रतिबद्धतासमेत जनाउनुभयो ।

“तपाईंहरू राम्रो काम गर्नुहोस् । महानगरले बजेटको अभाव हुन दिँदैन”, प्रमुख कोइरालाले भत्रुभयो, “रातो किताबमै उल्लेख नभए पनि बजेटको अभाव हुन दिँदैनौं महानगरपालिकालाई बालमैत्री महानगर घोषणा गर्नका लागि तयारी भइरहेको छ ।”

कार्यक्रममा वडा नं १ का अध्यक्षसमेत रहनुभएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले बालक्लबले देखिने गरी कुनै कार्य गर्न नसकेको भन्दै गुनासो गर्नुभयो । वडाले बजेट छुट्याउँदा पनि वडास्तरको बाल क्लबले कुनै कार्यक्रम नगरेको उहाँको भनाइ थियो । “विगत एक वर्षदेखि बाल क्लब एकदमै निष्क्रिय छ”, संयोजक बस्नेतले भत्रुभयो, “केही समस्या छन् भने भत्रुप¥यो नत्र भने क्लबलाई सक्रिय बनाउनु पर्‍यो ।”

महानगरअन्तर्गतको महिला बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीले महानगरलाई बालमैत्री नगर बनाउने गरी तयारी अगाडि बढाइएको जानकारी दिनुभयो । बालमैत्री नगर घोषणा गर्न आवश्यक पर्ने ५१ सूचकमध्ये केही सूचक पूरा गर्न अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था देखिएको उहाँको भनाइ थियो ।

प्रकाशित मिति: २५ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्