स्थगित भयाे पत्रकार महासंघको चुनाव


 


काठमाडौं । नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनको निर्वाचन स्थगित भएको भएको छ ।
जेठ २६ गतेका लागि तोकेको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको हो ।

अध्यक्ष विपुल पोखरेलले शुक्रबार साँझ विज्ञप्ती जारी गरी निर्वाचन नहुने जानकारी दिएका हुन ।

मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय गरिने विज्ञप्तीमा जनाइएको ।

मतदाता नामावलीका विषयमा विवाद भएपछि विभिन्न पत्रकार संघ संस्थाले महासंघमा तालाबन्दी पनि गरेका थिए ।

प्रकाशित मिति: २५ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्