नयाँ रेकर्ड बनाएर आज ह्वात्तै घट्यो सुनको मूल्य


 


काठमाडौं, जेठ २७ । नेपाली बजारमा शुक्रबार हालसम्मकै उच्च मूल्य कायम भएको सुनको मूल्य आज ह्वात्तै घटेको छ ।

सुन आज तोलामा एकैदिन चार हजार रुपैयाँ घट्दै प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन गत शुक्रबार प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्