झोलुंगे पुलमा अड्किएका खच्चडलाई उद्धार गरिँदै


 


काठमाडौं, जेठ २७ । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार गर्न सुरु गरिएको छ ।

पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडलाई नदीमा खसालेर उद्धार गर्न थालिएको हो । तल नदीमा डुंगा राखेर खसालेका खच्चड निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले खच्च्डको उद्धार गरिरहेको हो ।

पुलमा ५ जना व्यापारीका १६ वटा खच्चड फसेका छन् । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीयले दाबी गरेका छन् ।

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्