नक्कली नोटसहित दुईजना पक्राउ


 


काठमाडौं, जेठ २७ । नक्कली नोटसहित काठमाडौंको कलंकीबाट दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

कलंकीस्थित ह्वाइट ¥याबिट रेस्टुरेन्टबाट आइतबार प्रहरी टोलीले नक्कली नोटसहित कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक हजार दरका ५१४ वटा नोट बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्