स्क्वायर सहकारीका अध्यक्षसहित तीनजना पक्राउ


 


काठमाडौं, जेठ २७ । काठमाडौं महानगरपालिका मखनमा अवस्थित स्क्वायर सहकारीका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारीका सञ्चालक समितिका अध्यक्ष काठमाडौं महानगरपालिका–१४ का ६६ वर्षीय वाशुदेवमान जोशी, सहकारीका सचिव सुवर्ण सेलालिक र सहकारीका सदस्य धर्मरत्न पाछैंलाई शुक्रबार पक्राउ गरेको हो ।

सहकारीको सात करोड ४० लाख ८७ हजार रुपैयाँ अपचलन भएको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनीहरु पक्राउ परेपछि सीआईबीले सहकारीबाट पीडित निक्षपकर्ताहरुलाई सम्पर्कमा आउनु अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्