थुप्रिँदै विदेशी मुद्रा, दश महिनामै थपियो चार खर्ब


 


काठमाडौँ । कुनै समय छ महिनाको वस्तु तथा सेवा आयातका लागि मात्र पर्याप्त रहेको विदेशी मुद्राको सञ्चिति वैशाखमा भने अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ ।

सञ्चिति खस्किएर टाट पल्टिएको श्रीलङ्कासँग तुलना हुने गरेको अवस्थाबाट नेपालको बाह्य अर्थतन्त्र सबैभन्दा बलियो स्थितिमा पुगेको राष्ट्र बैङ्कको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनका अनुसार पछिल्लो समय मुलुकसँग विदेशी मुद्रा नियमित रूपमै थुप्रिन थालेको छ ।

चालु आवको वैशाखसम्मको तथ्याङ्क समेटेको उक्त प्रतिवेदनले समीक्षा महिनासम्म मुलुकसँग १९ खर्ब ४२ अर्ब ४० करोड रुपियाँ अर्थात् १४ अर्ब ५४ करोड डलर बराबरको विदेशी मुद्रा सञ्चित छ ।

यस्तो सञ्चितिमध्ये २२.१ प्रतिशत हिस्सा भारतीय मुद्राको रहेको छ भने बाँकी अमेरिकी डलर रहेको छ । गोरखापत्रबाट

प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्