वैवाहिक बलात्कारमा दाेषी ठहर न्यायाधीश गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवाना


 


काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय सुनाएकाे हाे ।

अदालतले यसअघि नै उनलाई बलात्कार मुद्दामा दाेषी ठहर गरेकाेमा आज सजाय निर्धारण गरेकाे हाे । आफूलाई बन्धक बनाएर बलात्कार गरेकाे भन्दै गिरीकी श्रीमतीले बलात्कारकाे मुद्दा दायर गरेकी थिइन् ।

प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्