गण्डकीका नवनियुक्ति मन्त्री गुरुङ र देवकोटाले लिए शपथ


 


गण्डकी, जेठ २९ । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाकक्षमा आयोजित एक समारोहकाबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उहाँहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।

मन्त्री गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । उहाँले यसअघि पनि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । साथै मन्त्री देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

सो समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्