लाइट स्टोन देखाई ठगी गर्ने तीन जना पक्राउ


 


भक्तपुर, जेठ २९ । लाइट स्टोन देखाई ठगी गरेको अभियोगमा तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोलखा भिमेश्वर नगरपालिका–६ घर भई काठमाडौं चन्द्रागिरी बस्ने ३७ वर्षीय अम्मरबहादुर तामाङ, नुवाकोट शिवपुरि गाउँपालिका–३ घर भई काठमाडौं सितापाईला बस्ने ४२ वर्षीय दिलबहादुर दमाई र नुवाकोट दुप्चेश्वर नगरपालिका–५ घर भई भक्तपुर दधिकोट बस्ने ३३ वर्षीय सुनिल तामाङ रहेका छन् ।

अमर बहादुरले आफूसँग लाईट स्टोन छ भन्दै प्रलोभन देखाएर भक्तपुर सूर्यविनायक नगरपालिका–४ तर्खाल चौर नजिकै बोलाएर १० लाख ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भक्तपुर बालकोटबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुरमा बुझाइएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्