कस्तो हुन्छ संघीयतामा सेनाको संरचना ?



काठमाडौं, पुस २९
संघीयता कार्यान्वयनसँगै नेपाली सेनाको संरचना प्रदेशअनुरूप कि सैनिक नक्सा र रणनीतिअनुरूप भन्ने विषयमा सरकारले निर्णय गर्न सकेको छैन।

प्रादेशिक संरचनाअनुसार पृतनासहितका संरचना थपेर जानुपर्ने लिखित प्रस्ताव सेनाले रक्षा मन्त्रालयलाई दिएको छ। तर, रक्षा मन्त्रालयद्वारा गठित सेनाका प्रतिनिधिसमेत सहभागी कार्यदलले भने सेनाको रणनीतिक नक्साका आधारमा पुनर्संरचना हुनुपर्ने प्रतिवेदन बुझाएको छ।

यसबारे सुझाब दिन समितिले विज्ञसँग बिहीबार छलफल गरेको छ। यसअघिको प्रशासनिक संरचनाअनुसार पाँच विकास क्षेत्र र उपत्यका गरी सेनाका जम्मा ६ पृतना छन्। सेनाको कुल दरबन्दी ९६ हजार ६ सय ५४ छ। रक्षा मन्त्रालयको सभाहल पुतली बगैँचामा आयोजित छलफलमा पूर्वराजदूत डा। जयराज आचार्य, परराष्ट्र मामिला जानकार एवं सांसद डा।

राजन भट्टराई, राष्ट्रपतिका सुरक्षा सल्लाहकार पूर्वरथी नेत्रबहादुर थापा, सामरिक मामिलाविज्ञ गेजा शर्मा वाग्ले, डा। विष्णुराज उप्रेती, केशवप्रसाद भट्टराई सहभागी थिए। ‘राष्ट्रिय सुरक्षाका सन्दर्भमा अहिलेको स्थिति बुझ्न बोलाइएको रहेछ, सेनाको पुनर्संरचना, सेनाको भूमिका, भूराजनीतिले पारेको असरलगायतका विषयमा छलफल भयो,’ बैठकमा सहभागी एमाले सांसद डा भट्टराईले भने। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News