र्‍यापर यम बुद्ध लन्डनमा झुण्डिएको अवस्थामा मृत फेला



काठमाडाैं, माघ १

चर्चित नेपाली र्‍याप गायक यम बुद्ध (अनिल अधिकारी) शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला परेका छन् ।

अनिल अधिकारी स्थानीय समय अनुसार बिहान ६ बजेर १० मिनेटमा बाथरुममा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए।

२९ वर्षीय अधिकारी आफ्नी पत्नी र सासु ससुरा र सालोका साथ त्यहाँ बस्दै आएका थिए।

स्थानीय प्रहरीले मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको छ। उनको शवलाई नजिकैको अस्पतालमा लगिएको छ। पोस्टमार्टमको रिपोर्ट बुधबारसम्ममा आइसक्ने प्रहरीले बताएका छन्।

पोस्टमार्टमपछि मात्रै उनको मृत्युको कारण पत्ता लाग्नेछ। र्‍यापर यमबुद्ध आफ्नो नयाँ एल्बम र फेब्रुअरीमा हुन लागेको कन्सर्टको तयारी गर्दै थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News