असारे वर्षामा संविधान, साउने झरीमा सरकार


 


गोरखा,  असार ३

एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले यही असारमा संविधान जारी हुने र आउँदो साउनमा नयाँ सरकार गठन हुने बताएका छन् ।

आफ्नो गृहजिल्ला गोरखा आइपुगेका पूर्वप्रधानमन्त्री समेत रहेका नेता डा. भट्टराईले संविधानको विवादित विषयमा प्रमुख दलबीच सहमति बनिसकेकाले असारभित्रै संविधान जारी हुने र साउनमा नयाँ राष्ट्रिय सरकार गठन हुने दावी गरे ।

संविधानका प्रस्ताबना, संविधान संशोधनका केही विषय र अन्तरिम व्यवस्थापन सम्बन्धी केही विषयको भने टुंगो लाग्न बाँकी रहेको बताएका उनले सहमति जुट्न बाँकी र थप्नुपर्ने केही विषयको पनि असार १३ गतेभित्रै टुंगो लगाइने दावी गरे ।

असार १३ मा पहिलो मस्यौदा आएपछि त्यसलाई केही समय छलफल र सुझाव लिन राखी असार मसान्तभित्र संविधानसभाबाट संविधान जारी गर्ने दलहरुबीच सहमति भएको उनको भनाइ छ ।

प्रकाशित मिति: ३ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्