नेयमारलाई चार खेलको प्रतिवन्ध, कोपा अमेरिका गुमाउने


 


काठमाडौ, असार ५Neymar1

ब्राजिलका स्ट्राइकर नेयमारले कोपा अमेरिकाका बाँकी खेलहरु गुमाउने भएका छन् । कोलम्बियाविरुद्धको खेलमा रातो कार्ड पाएका उनलाई चार खेलको प्रतिवन्ध लागेको छ ।

साथै १० हजार डलर जरिवाना तिर्नु पर्नेछ । ब्राजिल १–० ले पराजित भएपछि नेयमारले आक्रोसमा बल हान्दा कोलम्बियाका अर्मेरोलाई लागेको थियो ।

त्यही विवादमा रेफ्रीले नेयमार र कोलम्बियाका बाकाले रातो कार्ड पाएका थिए । सुरुमा उनलाई एक खेलको प्रतिवन्ध लगाइएको थियो । तर, दक्षिण अमेरिकी फुटबल महासंघले निर्णय पुनरावलोकनसँगै चार खेलको प्रतिवन्ध लगाएको छ ।

बाकालाई २ खेलको प्रतिवन्ध लगाइएको छ । दुबैलाई निर्णयविरुद्ध अपील गर्ने अधिकार छ ।

onlinekhabar

प्रकाशित मिति: ५ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्