वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी नियुक्तिमा यसरी हुँदैछ चलखेल, स्वास्थ्य मन्त्री समेत बिचाैलियाको चंगुलमा फस्दै !


 


काठमाडाैं, माघ १६

नेपालकाे स्वास्थ्य क्षेत्रमा एउटा चलेकाे र प्रतिष्ठित संस्थाकाे नाम छ, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान । धरानस्थित याे संस्था अनेक कारण विवाद र चर्चामा अाइरहन्छ ।

नेपालकाे पूर्व क्षेत्रमा अवस्थित याे संस्थाले राम्राे स्वास्थ्य उपचार गर्छ भनेर अाम मानिस भराेसा समेत गर्छन् तर यहाँ हुने नियुक्तिहरूले भने संस्था सधै बदनाम हुँदै अाएकाे छ । अपरिपक्क नेतृत्व, दलका झाेले कार्यकर्ता, र विचाैलियाका अाफ्ना मान्छे नेतृत्वमा नियुक्त हुन थालेपछि कहलिएकाे प्रतिष्ठित संस्था विस्तारै धरासायी बन्ने अवस्थामा पुगेकाे भन्दै पूर्व क्षेत्रका स्थानीय निरास हुन थालेका छन् ।

फेरी प्रतिष्ठान चर्चा र विवादकाे भुमरीमा पर्दे जान थालेकाे छ । यसकाे कारण भनेकाे अब नियुक्त हुने भिसी बनेकाे छ । गत एक महिनादेखी प्रतिष्ठान भिसी विहिन बनेकाे छ ।

अबका केही दिनमा यहाँ भिसी नियुक्त हुँदैछन् । अब याे प्रतिष्ठानमा काे भिसी नियुक्त हाेला ? भनेर अाम मानिस कुरिरहेका छन् भने बजारमा केही मानिसहरू भिसी समेत घाेषित हुन थालेका छन् ।

स्राेतका अनुसार भिसी नियुक्तिमा कराेडाैंकाे अार्थिक चलखेल सुरू भएकाे छ भने ब्रिफकेस बाेकेर बिचाैलीयाहरू शक्तिकेन्द्र धाउन थालेका छन् । अहिले बजारमा स्वास्थ्य मन्त्री गगन थापाका प्राविधिक सल्लाहकार रहेका डा. रामेश काेइराला भिसीकाे अग्र लाइनमा रहेकाे बुझिएकाे छ ।

त्यस्तै डा. ज्ञानेन्द्र गिरी पनि दाैडमा रहेकाे बुझिएकाे छ । डा. काेइरालालार्इ भिसी बनाउन अार्थिक चलखेल सुरू भएकाे स्राेत बताउँछ । उनका लागि विराटनगरका मारवाडी व्यापारीहरू सक्रिय भएकाे बुझिएकाे छ ।

प्रतिष्ठान भित्रकै प्राध्यापक डाक्टर नियुक्त हुनु पर्ने भिसीमा बाहिरबाट नियुक्त हुने खबरहरू बाहिर अाउन थालेपछि त्यहाँ कार्यरत चिकित्सकहरू अान्दाेलनकाे तयारीमा रहेका छन् । भित्रकै बरिष्ठ र याेग्य व्यक्ति नियुक्त हुनुपर्छ, प्रतिष्ठानमा कार्यरत एक डाक्टर भन्छन्–बाहिरबाट नियुक्त भएकाे व्यक्तिले यहाँकाे समस्या पनि बुझदैन् संस्था दिनहुँ धरासयी बन्छ ।

यसैबिच स्वास्थ्य मन्त्री गगन थापा भने यस बिषयमा माैन देखिएका छन् । उनि भित्रकै बरिष्ठ डाक्टरलार्इ भिसी नियुक्त गर्ने मनसाय भए पनि बिचाैलियाकाे चंगुलमा फस्दै गएकाे स्राेतकाे दाबी छ ।

जनताकाे पक्षमा एक पछि अर्काे निर्णय गर्दे चर्चा पाइरहेकाे मन्त्री थापालार्इ याे बिषयमा बिचाैलियाकाे प्रभावमा नपर्न शुभचिन्तकहरूले सुझाव समेत दिएका छन् ।

बलभद्र प्रसाद दास गत जनवरी ३ बाट अवकास भएसँगै प्रतिष्ठान भिसी विहिन बनेकाे हाे । भिसीकाे कार्यवधी पाँच बर्षकाे रहेकाे छ ।

प्रकाशित मिति: १६ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्