चिली कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा


 


काठमाडौं, आसार ५ (एजेन्सी)timthumb

बोलिभियालाई हराउँदै आयोजक चिली कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

शनिबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा चिलीले बोलिभियालाई ५-० गोल अन्तरमा हराउँदै अन्तिम ८ मा प्रवेश गरेको हो।

चिलिलाई विजयी गराउन चाल्र्स अराङ्ग्वेजले २ तथा अलेक्सिस सान्चेज र ग्यारी मेडेलले १-१ गोल गरेका थिए। यस्तै खेलको अन्त्यतिर बोलिभियाका खेलाडीले आत्मघाती गोल गरेका थिए।

समूह ‘ए’मा शीर्ष स्थानमा रहेको चीलीले दुई जित र एक बराबरी खेलेको थियो। यस्तै चिलीसँगै पराजित बोलिभिया ४ अंक जोड्दै समूहमा दोस्रो भएर क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

यस्तै आज बिहानै सम्पन्न समूहको अर्को खेलमा इक्वेडरले मेक्सिकोलाई २-१ ले हरायो।

अब तालिकामा ३ अंकसहित तेस्रो स्थान ओगटेको इक्वेडरले क्वाटरफाइनल प्रवेशका लागि प्लेअफ खेल्ने मौका पाउने भएको छ।

प्रतियोगिताअन्तर्गत् आइतबार कोलोम्बिया र पेरु तथा ब्राजिल र भेनेजुएला एक आपसमा प्रतिश्पर्धा गर्ने भएका छन्।

प्रकाशित मिति: ५ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्