दुर्घटनामा एक जनाको मृत्यु


 


कञ्चनपुर, माघ २०
कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुला लालीका ३२ वर्षीय धर्मानन्द भट्ट रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

से १ त ४७५२ नम्बरको ढुङ्गा लिन महाकाली नदीतर्फ जादै गरेको ट्रयाक्टरले भट्टलाई प्रहरीको अञ्चल गुल्म कार्यालय अगाडि ठक्कर दिएको थियो । ठककर दिने ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २० माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्