Deshko News
१४ आश्विन २०८०, आइतबार

कानुनमन्त्री र महान्यायाधिवक्ता चुनावको मिति घोषणाबारे छलफल गर्न बालुवाटारमा



काठमाडौँ, माघ २०

प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावको मिति घोषणाबारे कानुनमन्त्री अजयशंकर नायक र महान्यायाधिवक्ता रमन श्रेष्ठसँग बालुवाटारमा छलफल गरिरहेका छन ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा स्थानीय चुनावको मिति घोषणासम्बन्धी प्रस्ताव लैजाने तयारी भइरहेका बेला प्रधानमन्त्रीले कानुनमन्त्री र महान्यायाधिवक्तालाई बिहानै बालुवाटार बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसक्रममा मिति घोषणाका कानुनी तथा प्राविधिक पक्षका विषयमा कुराकानी भइरहेको बुझिएको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेपछि निर्वाचन आयोगलाई पत्र पठाउने सरकारको तयारी छ ।

निर्वाचन आयोगले कम्तिमा ९० दिनको समय दिएर मिति घोषणा भए चुनाव गर्न सकिने बताउँदै आएको छ ।

प्रकाशित मिति: २० माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News