भीमनारायण गोल्डकपको उपाधि झापाले चुम्यो


 


धनकुटा, असार ५

धनकुटामा जारी सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा ११  ले चुमेको छ ।

शनिबार भएको फाईनल खेलमा काठमाडौंको ब्वाईज युनियन क्लबलाई २-० गोलले हराउँदै झापा उपाधि कब्जा गर्न सफल भएको हो ।

झापाको जितमा बिशाल राई र कर्ण लिम्बु नायक भए ।  उपाधि बिजेता झापाले १ लाख १५ हजार तथा उपबिजेतामा सिमित ब्वाईज युनियनले ५५ हजार रुपैयाँसहित ट्रफि र मेडलमा चित्त बुझाएको छ।

प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी ८ टिमको सहभागीता थियो।

प्रकाशित मिति: ५ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्