चुनावबाट सरकार पछि हट्न खोजे काँग्रेसलाई मान्य हुँदैन् – सिंह


 


काठमाडाैं, माघ २३

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनाव गर्ने प्रतिवद्धता सहित गठन भएको सरकारले चुनावमा आलटाल गर्न खोजिरहेको आरोप लगाएका छन । आज राजधानीमा भएको एक कार्यक्रममा नेता सिंहले तत्काल चुनावको मिति घोषणा गर्न सरकारलाई आग्रह गरे ।

सरकार चुनावबाट पछि हट्न खोजे काँग्रेसलाई मान्य नहुने उनको भनाइ थियो । नेता सिंहले चुनावको वातावरण बनाउन सबै पक्ष लागिपर्नुपर्नेमा समेत जोड दिए ।

प्रकाशित मिति: २३ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्