दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु


 


रुपन्देही, माघ २३

रुपन्देहीको भलुहीमा भएको दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु भएको छ। भलुहीस्थित महेन्द्र राजमार्गमा लु २९ प ६५४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पुलको बारमा ठोक्किदा भएको दुर्घटनामा प्रहरी हवल्दार कर्णबहादुर रजालीको मृत्यु भएको हो।  गुल्मी पराल्मी घर भएका हवल्दार रजाली इलाका प्रहरी कार्यालय, गोरुसिंगे कपिलवस्तुमा कार्यरत थिए।

उनको लुम्बिनी अन्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पछाडी बसेका प्रहरी जवान राजु केसी घाइते भएका छन्। उनको लुम्बिनी अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी कपिलवस्तुको गुगौलीमा भएको दुर्घटनामा १३ वर्षीय बालक महोमद सिद्धिकिको मृत्यु भएको छ। लु २ त १४०६ नम्बरको ट्याक्टरले साइकललाई ठक्कर दिदा भएको दुर्घटनामा सिद्धिकिको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: २३ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्