तीन वर्षभित्र सबै ठाउँमा विद्युत लाइन विस्तार हुन्छ – उर्जामन्त्री


 


झापा, माघ २३

उर्जामन्त्री जनार्दन शर्माले सरकार पर्याप्त विद्युत उत्पादनका लागि दीर्घकालिन योजनाकासाथ अघि बढिरहेको बताएका छन् । उनले तीन वर्षभित्र सबै ठाउँमा विद्युत लाइन विस्तार भइसक्ने दाबी पनि गरे ।

आइतबार झापाको कन्काई नगरपालिकाको लक्ष्मीपुरस्थित घैलाडुब्बामा ३३/११ केभी सवस्टेसनको शिलान्यास गर्दै मन्त्री शर्माले आगामी दश वर्षमा बीस हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताए ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशका प्रमुख शहरलाई लोडसेडिङ मुक्त बनाउने अभियानलाई तिव्रता दिइएको बताए ।

 

प्रकाशित मिति: २३ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्