जनता बैंककाे शाखारहित बैंकिङ सेवा सुरु


 


धनगढी, माघ २४

जनता बैंक नेपाल लिमिटेडले ‘युके एड सक्षम एक्सेस टू फाइनान्स’ सँगको सहकार्यमा कैलाली जिल्लाको चार स्थानबाट शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । जिल्लाको चौमाला, पहलमानपुर र मसुरिया गाविसका चार स्थानबाट शाखारहित बैंकिङ सेवा शनिबारबाट सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रुत थापा र युके एड सक्षम एक्सिस टू फाइनान्सका प्रशन्न केसीले संयुक्त रुपमा बैंकिङ सेवाको उद्घाटन गर्नुभयो ।

शाखारहित बैंकिङ सेवाको सुरुवातले ग्रामीण क्षेत्रमा रहेका स्थानीय बासिन्दाले वित्तीय सेवा सहज सरल रुपमा लिन पाउने विश्वास गरिएको छ । बैंकले कृषि क्षेत्रलगायत अन्य स–साना कर्जा उपलब्ध गराउने जनाइएको छ ।

बैंकले सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमकोे सहकार्यमा आगामी दुई वर्ष भित्रमा कैलाली जिल्लामा थप ६ वटासहित देशका विभिन्न भागमा गरी जम्मा ५० वटा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ । हालसम्म उक्त बैंकका ४२ शाखा र १८ शाखारहित सेवा केन्द्रबाट वित्तीय सेवा प्रदान भइरहेको छ ।

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्