एमालेद्धारा  तराई केन्द्रित मेची महाकाली अभियानको तयारी सुरु


 


काठमाण्डौ, माघ २४

तराई केन्द्रित मेची महाकाली अभियानका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फागुन २१ देखि मधेस झर्दैछ। सुखानी हत्याकाण्ड भएको दिनदेखि सहिदहरुको सम्झनामा १४ दिने अभियान सञ्‍चालन गर्ने एमालेको तयारी छ। एमालेले झापाको काँकडभिट्टाबाट अभियान सुरु गर्दैछ।

अभियानमा तराई–मधेसका जिल्लामा ३४ वटा आमसभा गरेर चैत ५ गते सुर्खेतमा समापन गर्ने कार्यतालिका छ।  नेपाली समाजमा सामाजिक सद्‍भाव विथोलेर विभाजनको बीउ रोप्ने छुद्र प्रयास भइरहेकाले मधेसका देशभक्त जनताको बीचमा अभियान सञ्चालन गर्न लागेको एमाले सचिव प्रदीप ज्ञवालीले बताए ।

कार्यकर्ता र नेता गरी १५ लाख जना परिचालन  मधेसका जिल्लाहरुमा एमालेले अभियानको तयारी सुरु गरिसकेको छ। अभियानका क्रममा कोही पनि पार्टी सदस्य निश्क्रिय नबस्ने सचिव प्रदीप ज्ञवालीले बताए ।

अभियानका झण्डा, ब्यानर र झाँकी सहित प्रदर्शन र सांस्कृतिक कार्यक्रमहरु पनि सञ्चालन हुन्छन्। स्थानीय समुदायलाई लक्षित गरेर एमालेले नेपाली, मैथिली, भोजपुरी, डोट्याल लगायतका भाषाहरुमा प्रचार सामग्री तयार पारेको छ।

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्