विद्युतीय निर्वाचन प्रणालीबारे प्रधानमन्त्रीले आयोग पदाधिकारीसँग जानकारी लिँदै


 


काठमाण्डौ, माघ २५

प्रधानमन्त्री पुष्पकमल दाहालले आज निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै छन । बिहान ११ बजेपछि निर्वाचन आयोगमा हुने छलफलमा विद्युतीय मतदान प्रणालीबारे छलफल हुने जनाएको छ । निर्वाचनका लागि तयारी थाल्न सरकारले आयोगलाई औपचारिक पत्रचार गरिसकेको अवस्थामा प्रधानमन्त्री दाहालले आज विद्युतीय निर्वाचन प्रणालीबारे आयोगका पदाधिकारीहरुसँग जानकारी लिन लागेका हुन ।

सो क्रममा आगामी निर्वाचनमा विद्युतीय निर्वाचन प्रणालीको प्रयोग कहाँ र कसरी गर्न सकिन्छ भन्नेबारे आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री सहित सरकारका अन्य उच्च अधिकारीहरुलाई जानकारी गराउने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सरकारले जेठमा स्थानीय तहको निर्वाचन गराउने तयारी गरिरहेका बेला सम्भव भएका स्थानमा विद्युतीय प्रणालीको प्रयोग गर्न सकिने विषयमा आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल हुन लागेको हो ।

प्रकाशित मिति: २५ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्