विमस्टेक बैठकमा चौथो शिखर सम्मेलनको तयारीका विषयमा छलफल हुँदै


 


काठमाण्डौ, माघ २५

राजधानीमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिमस्टेकको बैठक चौथो शिखर सम्मेलनको तयारी तथा समीक्षा लगायतका विषयमा छलफल गर्दै आज सकिदै छ । बिमस्टेकको अध्यक्ष राष्ट्रका हैसियतले नेपालले आइतबार देखि आह्वान गरेको बैठकमा आज सदस्य राष्ट्रहरुका विदेश तथा परराष्ट्र मामिला मन्त्रालयका सचिवस्तरको बैठक बस्दै छ ।

बैठकमा नेपालमा हुने चौथो विमस्टेकको शिखर सम्मेलनको तयारी तथा विमस्टेकको क्षेत्रगत उपलब्धिको समीक्षा लगायतको विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । आजको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले गर्नेछन । बैठकमा नेपाल सहित बिम्स्टेक सदस्य राष्ट्र भारत, बंगलादेश, भुटान, म्यानमार, श्रींलका र थाइल्याण्डका वाणिज्य र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृतको सहभागिता रहेको बताइएको छ ।

बैठकमा यस क्षेत्रको सामाजिक–आर्थिक विकास, संस्कृति, विज्ञान प्रविधी उर्जालगायत १४ क्षेत्रमा भएका साझेदारी तथा लगानीको समीक्षा समेत हुनेछ ।

प्रकाशित मिति: २५ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्