राप्रपा भोजपुरको अध्यक्षमा बस्नेत



भोजपुर,माघ २६

राष्ट्रिय प्रजातन्त्र पार्टी भोजपुरको एकता पछिको पहिलो जिल्ला अधिवेशनबाट अध्यक्षमा डा. सुरेश बस्नेत निर्वाचित भएका छन् ।मंगलबार भएको अधिवेशनबाट भोजपुरमा डा. बस्नेतको अध्यक्षतामा १४ सदस्य जिल्ला कमिटि गठन गरिएको हो ।

ज्येष्ठ सदस्य विष्णुकुमारी राईको प्रमुख आतिथ्यमा भोजपुरको सदरमुकाममा अधिवेशन सम्पन्न भएको थियो । बाँकी पदाधिकारीहरु भने फागुन २० गतेपछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News