मोनो रेल सञ्चालन गर्नेबारे सम्झौता



काठमान्डौ, माघ २६

दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनी र काठमाडौँ महानगरपालिकाबीच मोनो रेलको सम्भाव्यता अध्ययन सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको हस्ताक्षर कार्यक्रममा महानगरका तर्फबाट प्रवक्ता ज्ञानेन्द्र कार्की र वाइबिडी सिमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले हस्ताक्षर गरे ।

महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँमा मेट्रो रेलको भन्दा मोनो रेलको सम्भावना राम्रो देखिएकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत सम्भाव्यता अध्ययन गर्न लागिएको बताए । कम्पनीले तीन महिनाभित्रै काठमाडौँको कुनै १० किमीको रुटमा मोनो रेल चलाउने विषयमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने वाइबिडी साइमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले जानकारी गाराए ।

अध्यक्ष पाण्डेले रेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुने पनि जानकारी गराउँदै ट्रली बसको जत्रै खम्बा राख्दा हुने भएकाले यसले सडकमा पनि कुनै असर नगर्ने बताए । आकासमा गुड्ने भएकाले यसले सडकको ट्राफिक व्यवस्थापनमा कुनै किसिमको असर पनि गर्ने छैन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News