युरिया मल खरिदका लागि भारतसँग प्रस्ताव



काठमान्डौ, माघ २६

सरकारले ३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि भारतसँग प्रस्ताव गरेको छ । मलको अभाव भएपछि सरकारले तत्काल खरिदका लागि भारत सरकारलाई औपचारिक प्रस्ताव गरेको हो । भारतीय पक्षले नेपालको प्रस्तावमा अध्ययन भईरहेको जनाएको छ ।

गँहु खेतीको लागि युरिया मल तत्काल आवश्यक भएपनि टेन्डर प्रक्रिया मार्फत समय लाग्ने भएकाले सिधै सरकारी तहबाट किन्न प्रस्ताव गरिएको हो ।

केही हप्तामा मलको व्यवस्था नभए गँहु उत्पादनमा असर गर्ने अधिकारीले बताएका छन । मल खरिदका लागि भारतसँग प्रस्ताव गरेपनि प्रक्रिया पुरा हुने/ नहुने भन्ने यकिन भएको छैन् । भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले यस विषयमा भारतिय पक्षसंग छलफल भइरहेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News