थ्रेसहोल्डका विषयमा राज्यव्यवस्था समितिले प्रधानमन्त्रीसँग छलफ गर्दै


 


काठमाडाैं, माघ २७

लामो समयको छलफलपछि पनि राजनितिक दल सम्बन्धी विधेयकमा सहमति जुटाउन नसकेको संसदको राज्य व्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित समिति कार्यलयमा केहीबेरपछि सुरु हुने बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि छलफलका लागि बोलाइएको छ ।

समितिले दलहरुबीचको मतभेद तथा साना दलको विरोधका कारण निर्वाचनका लागि आवश्यक पर्ने राजनितिक दलसम्बन्धी विधेयकमा अझै सहमति जुटाउन सकेको छैन ।

स्थानीय निर्वाचनका लागि चार वटा विधेयकमा सहमति जुटाएको समितिले साना दलको विरोधका कारण थ्रेसहोल्ड सम्बन्धी विधेयकलाई अन्तिम रुप दिन नसक्दा राजनितिक दलसम्बन्धी विधेयक अलपत्र परेको छ ।

यसअघि बसेको समितिको बैठकले थ्रेसहोल्ड लगायत विवादित विषयमा शिर्षस्थ नेतृत्वसँग छलफल गर्ने निर्णय गरेको थियो । आजको बैठकले उपसमितिको म्याद थपका विषयमा समेत निर्णय गर्ने जनाएको छ ।

प्रकाशित मिति: २७ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्