Deshko News
१३ आश्विन २०८०, शनिबार

प्रधानमन्त्री र कांग्रेस सभापति देउवावीच विवाद, मन्त्री परिषदको नियमित बैठक स्थगित



काठमाडाैं, माघ २७

मन्त्री परिषदको आजको नियमित बैठक स्थगित भएको छ । आइजीपी नियुक्तिका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवावीच विवाद चर्किएपछि बैठक स्थगित भएको स्रोतले जनाएको छ । यही साता अवकाश पाउन लागेका आइजीपी उपेन्द्रकान्त अर्यालका ठाउँमा बरियताका आधारमा डीआइजी नवराज सिलवाललाई आइजी बनाउनुपर्ने अडानमा प्रधानमन्त्री दाहाल उभिने भएपछि देउवा रुष्ट बनेका हुन ।

प्रधानमन्त्रीले प्रहरी संगठनभित्र पार्टीले हस्तक्षेप गर्न नहुने र संगठनमा अहिलेसम्म रहेको चेन अफ कमाण्डलाई बिगार्न नहुने बताएको भएपनि देउवाले तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउन दबाव दिएको स्रोतले बताएको छ ।

आज बिहानै बालुवाटार पुगेका मुख्यसचिव सोमलाल सुवेदीलाई प्रधानमन्त्रीले बैठक स्थगित भएकोबारे मन्त्रीहरुलाई सूचना दिन निर्देशन दिएका हुन । देशभरिका २६ डीआइजीमध्ये नवराज सिलवाल पहिलो बरियतामा छन् भने दोस्रोमा प्रकाश अर्याल र तेस्रोमा जयबहादुर चन्द रहेका छन ।

प्रकाशित मिति: २७ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News