सरकारले चुनावको मिति घोषणा नगरे एमालेले आन्दोलन सुरू गर्छ – खनाल


 


इलाम,  माघ २७

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार विभिन्न बहाना बनाउँदै निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाएका छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ क्याम्पस एकाइ कमिटी इलाम शाखाले विहीबार बिहान आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता खनालले सो कुरा बताएका हुन् ।

९० प्रतिशत जनताले मत दिएर बनेको संविधान विश्वकै उत्कृष्ट रहेको विचार व्यक्त गर्दै उनले अहिले नै संविधान संशोधन प्रस्ताव अघि बढाउनु असान्दर्भिक र जनताको हित तथा भावनाविपरीत हुने बताए । अबको पहिलो काम तीन तहकै निर्वाचन सम्पन्न गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउँदै नेता खनालले संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।

निर्वाचन नहुँदा मुलुकमा बेथिति बढेको छ भन्दै उनले सरकारले छिट्टै निर्वाचन मिति घोषणा नगरे एमालेले देशव्यापीरूपमा आन्दोलन सुरू गर्ने बताए ।

प्रकाशित मिति: २७ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्