दुई सय रूपैयाँका लागि हत्या !


 


पोखरा, असार ६

पोखरा, असार ६ – दुई सय रूपैयाँका लागि स्याङजाको श्रीकृष्णगण्डकी गाविस–८ मा दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २० वर्षिय नविन विक छन् । उनका २२ वर्षीय दाजु अर्जुन विकको शव गत शुक्रबार घाँटीमा नीलडाम भएको शंकास्पद अवस्थामा फेला परेको थियो ।

मादकपदार्थ सेवन गरेका दाजुभाइबीच दुई सय रूपैयाँका लागि झगडा भएको र माग्दा अर्जुनले नदिएपछि नविनले प्लाष्टिकको डोरीले घाँटीमा बेरी हत्या गरेको खुल्न आएको डीएसपी राजकुमार बैदवारले बताएका छन् ।

स्याङजा प्रहरीले अनुसन्धानपछि नविनलाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो ।

ekantipur

प्रकाशित मिति: ६ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्