Deshko News
८ आश्विन २०८०, सोमबार

सुन तस्कर भागाभाग : डरले घरै छाड्न थाले



काठमाडाैं, फागुन २९

सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन्। केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यवसायीले घर छाडेका हुन्।

‘पक्राउ परेकाको बयानका आधारमा पाँच जना व्यवसायीको नाम खुलेको छ तर उनीहरुलाई लगातार पछ्याइरहे पनि समाउन सकिएको छैन’, ३३ केजी सुन सहित समातिएका भरिया र उनहरुसँग जोडिएकाबारे अनुसन्धान गरिरहेका सीआईबीका ती अधिकारीले भने ।

उनका अनुसार नाम जोडिएका व्यवसायीको नियमित निगरानी गरिए पनि उनीहरु केही समययता घरमा छैनन्। अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकका अनुसार आरोपितमध्ये केही ठूला व्यवसायी रहेको प्रहरीको दाबसुन तस्करीमा प्रयोग भएका अन्य भरियाबारे पनि प्रहरीले छानविन गरिरहेको छ । पाँच जनाको परिचय खुलेको र उनीहरु नेपालमा नरहेको स्रोतले बताएको छ।

प्रकाशित मिति: २९ माघ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News