सुनको भाउ बढ्यो


 


काठमाडौं, फागुन १

आज सुनको भाउ बढेको छ । माघ महिनाको अन्तिम दिन शुक्रबार ५५ हजार २ सयमा कारोबार भएको सुनको भाउ फागुन महिनाको पहिलो दिन आइतबार २ सयले बढेर ५५ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ८ सय ५ रूपैयाँ रहेकोमा आज प्रतितोलामा १५ रुपैयाँले बढेर ८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्