आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाडौ, फागुन २
आज विश्व रेडियो दिवस, नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । प्रत्येक वर्ष फेब्रुवरी १३ तारीखमा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि रेडियो दिवस मनाउन थालिएको हो । विश्वमा रेडियोको प्रसारण आरम्भ भएको ९७ वर्ष र नेपालमा ६६ वर्ष पूरा भएको छ ।

नेपालमा २००३ सालमा नै रेडियोको प्रसारण सुरु भएको भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ ।

निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो । हाल मुलुकका सबै जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News