सुनको भाउ घट्यो


 


काठमाडौं, फागुन ३
आज सुनको भाउ घटेको छ । हिजो ५५ हजार ४ सय रहेको सुनको भाउ आज प्रतितोलामा १ सयले घटेर ५५ हजार ३ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन । चाँदी प्रतितोला ८ सय २० रूपैयाँ रहेकोमा आज पनि प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्