सुनको मूल्य प्रतितोला ५२ हजार २ सय रुपैयाँ


 


काठमाडौं असार ७

सुन चाँदीको बजार मूल्य सोमवार स्थिर रहेको छ। आइतवारकै बजार मूल्यमा सोमवार पनि सुनचाँदीको कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला ५२ हजार २ सय रुपैयाँ कायम भएको छ।
आइतबार पनि सुनको मूल्य ५२ हजार २ सय रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य प्रतितोला ७ सय रुपैयाँ रहेको छ। संघका अनुसार चाँदी पनि अघिल्लो दिनकै मूल्यमा कारोवार भइरहेको छ।

प्रकाशित मिति: ७ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्