हिमालय एअरलाईन्स सामाजिक सहयोगमा सक्रिय हुँदै


 


काठमाडाैं, फागुन १०

नेपाल र चिनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले कर्पोरेट सामाजिक उत्तरदायित्वको शुरुवाती पहलको रुपमा बालुवाटारस्थित प्रयास नेपालका जिज्ञासु र उत्साही बालबच्चाहरुलाई फागुन ७ गते, शनिबार, ३० किलोका १७ बोरा चामल, स्टेशनरी र चकलेट सहयोग गरेको छ ।

हिमालय एअरलाईन्सका अधिकारीहरु र प्रयास नेपाल संगठनका बालबच्चाहरु बिच शनिबारको दिन रमाइलो अन्तरक्रिया भएको थियो । बालबच्चाहरुले परम्परानुसार टिका, खादा साथै आफना हृदयस्पर्शी मुस्कान संग ज्ढ अधिकारीहरुको टोलीलाई स्वागत गरेका थिए ।

उनिहरुले आफ्नाे उत्साह गायन र नुत्य मार्फत प्रर्दशन गरेका थिए । स्थापनाको दुई वर्ष कालमै हिमालय एअरलाईन्सले ऋक्च् गतिविधि मार्फत सामाजिक विकासमा योगदान गर्ने प्रतिवद्धता व्यक्त्त गरेको छ ।

एअरलाइन्सकाे गतिविधिहरुले वातावरणीय, सामाजिक र आर्थिक समृद्धिका साथै स्थिरता र जिम्मेवारी सुनिश्चित गर्न महत्वपूर्ण भुमिका खेल्ने हिमालय एअरलाइन्सले जनाएकाे छ । याे सामाजिक गतिविधि सच्चालन हिमालय एअरलाईन्सको पहिलो पहल र याे अागामी दिनमा पनि रहने बताइएकाे छ ।

प्रयास नेपालको अध्यक्ष मणी जोशी र बालबच्चासँग अन्तरक्रिया गर्दै, ब्राण्ड एण्ड र्सिर्भस इम्प्रुभमेन्ट डिपार्टमेन्ट प्रमुख उज्वला दलीले आफनो मन्तव्य व्यक्त्त गर्दै भन्नुभयो “ प्रयास नेपालले पिछडिएका बालबच्चाहरुको जीवनलाई निरन्तर सुधार गरिरहेको कोशिश अत्यन्तै सराहनिय छ, जसबाट हामी निकै खुशी छौ ।

हिमालय एअरलाईन्सले याे सानो योगदानले विशेष बालबच्चासँग भावनात्मक सम्बन्ध गाँस्न पाएकोमा खुसी व्यक्त गर्दे प्रयास नेपालसँग योगदान मुलक सहकार्यलाई निरन्तरता दिने प्रण समेत गरेकाे छ ।

प्रयास नेपाल २००३ मा स्थापना भएको सामाजिक जिम्मेवारी वहन गरेको गैर सरकारी सँस्था हो । जसले स्थापनाकालदेखि पिछडिएका बालबालिकाहरुलाई समृद्ध बनाउन प्रयन्न गर्दै आएको छ ।

नेपाल चिनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स् अगष्ट २०१४ मा स्थापित भएको हो। हिमालय एअरलाइन्स्ले जेठ १८, २०७३ देखि दोहा, कतारमा उडान गरेर आफ्नो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो । अब एअरलाइन्सले कोलम्बो, क्वाललाम्पुर र याङगुनमा पनि उडान भरिरहेको छ ।

एअरलाइन्स्ले आफ्नो पहिलो जहाज A320- 214  नेपाली रजिष्ट्रेसन नम्बर 9N ALM  फागुन २६, २०७२ गते र दोस्राे जहाज A320- 214 नेपाली रजिष्ट्रेसन नम्बर 9N ALV माघ १८, २०७३ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँमा अवतरण गराएको थियो।

केही महिनापछि एयरलाइन्स्ले पहिलो चरणमा दमाम, हङकङ, दिल्ली, अहमदावाद, चेन्नाई र दोस्राे चरणमा दुवई, बैंकक, वेइजीङ्ग, ल्हासा र चेंदगुलाई प्रत्यक्ष उडान मार्फत जोड्ने योजना बनाएको छ ।

हिमालय एअरलाइन्स्ले आगामी पाँचवर्ष भित्र १५ वटा जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

एअरलाइन्स्ले केही समयपछि लामो दुरी उडान भर्ने ब्घघण् जहाज ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाको लागि उडान भर्ने योजना बनाएको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्